धनकुटा र भोजपुरमा गाँजा खेती फडानी गरी नष्ट

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट आइतबार परिचालन भएको टोलीले शहिदभूमी गाँउपालिका-५ स्थित ५ रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ । यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले चौबिसे गाउँपालिका-५, डाँडाखर्क स्थित ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय बोट गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडा एरियाको १० रोपनी जग्गामा रहेको करिब १ हजार ५० वटा गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरेको छ।

प्रहरीले यसरी कुल १९ रोपनी क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖