धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२५ कार्तिक । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
जिल्लाको धनकुटा बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा आज बिहान १० बजे देखि सांझ ४ बजे सम्म बिद्युत सेवा अबरुद्द हुने नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्रले जनाएको छ ।
धनकुटा बितरण केन्द्र अन्तर्गतको ३३/११ केभि धनकुटा सब स्टेसन अन्तर्गत रहेको त्रिबेणि फिडर ११ केभि लाइनमा आवश्यक मर्मत संभार गर्नु पर्ने भएकोले उक्त स्थानहरुमा बिद्युत सेवा अबरुद्द हुने बितरण केन्द्रले जनाएको छ ।


