वीर सहिदहरुको स्मरणमा श्रद्धान्जली सभा

लन्डन। नोभेम्बर ८ तारीख २०२५ शनिबारका दिन ग्रेटर रश्मोर नेपाली कम्युनिटीले अल्डरशट स्थित प्रिन्सेस गार्डन्मा प्रथम भिसी कुलवीर थापा लगायत जतिपनि वीर गति प्राप्त शहिदहरुको सम्झनामा दुई मिनेट मौन धारण गर्दै रिथ फुल चढाउदै स्मृति सभा सम्पन्न गरेको थियो।

स्मृति सभामा पन्डित गुरु र लामा गुरुको पाठ र प्रार्थनाबाट सम्पुर्ण सहिदहरुको साहस र बलिदानको कदर गर्दै सम्मान गरेको सस्थाका सम्योजक उतर बहादुर गुरुङ्ले जानकारी दिएका छन् ।

शनिबार बिहान १० बजे देखि जिआरएनसीका कार्यसमिति लगायत अन्य सदस्यहरुले तैयारी गर्दै जिपी सर्जरीको कार पार्क देखि १०:४५ मा मार्च शुरु गर्दै भिसी थापाको शालिक सम्म पाईपर, Old Basing RBL Band, Standard Bearers र QOGLR का गोर्खा मेजर र वहांक‍ो टिम र पछि पछि सबै महानुभावहरुले मार्च गरेका थिए।

ठिक १०:५५ मा जिआरएनसीका पुर्व अधक्ष्य तथा जी एम पी त्रस्तको नेत्रितो गर्दै रामधन राईले किन स्मृति सभा गरिन्छ र स्मृति बक्तब्य बचन गरेका थिए। त्यस्तै जिआरएनसीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उत्तर बहादुर गुरुङ र महासचिव सुनील रानाले गोरखा भिक्टोरिया क्रस (भिसी) हरुको वारेमा तयार पारिएको साइटेसन वाचन गरेपछि ११:२० बजेदेखि भिसी कुलबीर थापा मगरको स्मारकमा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ ।

 

उक्त स्मृति सभामा समूह ए: बि, सि,डि गर्दै क्रमस सांसद, एलेक्स बेकर मेयर रसमरबोरो काउन्सिल, कलम स्टुअर्ट, अध्यक्ष जिआरएनसी, लिला सेलिङ मावो, जिएमपीका ट्रस्टी रामधन राई, काउन्सिलर लिडर ग्यारेथ विलियम, एल्डरसट ग्यारिजन कमान्डर ले. कर्नल स्टुअर्ट म्याकफर्सन, गोर्खा मेजर QOGLR,आरएसएम QOGLR, एनआरएनए युकेका कार्य बाहक अध्यक्ष अनिल मल्ल, अध्यक्ष तमु धिं युके जुमकाजी गुरुङ, अध्यक्ष मगर संघ युके लाल पुन, अध्यक्ष केवाईसी रसमर थान्कुनान नाल्बो, अध्यक्ष किरात राई यायोक्खा रसमोर खडक राई, गोर्खा ब्रिगेड बिभिन्न इन्टेकका अध्यक्षहरु बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरु र गोरखा आमा समुह, नेतृ श्रीमती धन माया गुरुङ लगायतका जनसमुदायको उपस्थित सम्पूर्णले फूल,माला र रिथ चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने स्मृति सभाको संयोजक उपाध्यक्ष श्री उत्तर बहादुर गुरुङ र महासचिव श्री सुनील रानाले गरेका थिए ।

यस स्मृति सभामा रसमरबोरो काउन्सिल वरपर बस्ने गोरखा समुदाय र अल्डरसटका स्थानीय समुदायक‍ो बाक्लो उपस्थिति रहेको थियो भने सबै जनसमुदाय बीचको गहिरो सम्बन्ध, मेलमिलापको भावनाले सबै पुस्तालाई जोड्ने एक अमूल्य क्षणको रूपमा स्मरण गराएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।