आठौं मगर गट ट्यालेन्ट प्रतियोगिताको उपाधि एलिशा-प्रतिमा पुन मगरलाई

लन्डन  । नोभेम्बर ८ तारीख २०२५ शनिबारको दिन लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा आठौं मगर्स गट ट्यालेन्ट भब्यताका साथ सम्पन्न भएको छ।

मगर संघ युके मगर युथका अध्यक्ष दिपक थापा माइथनेको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष लाल बहादुर (लालु) पुन, विशेष अतिथिहरु बेलायतका राजा चार्ल्स तृतीयका सुरक्षा निकायका टिम लिडर ले. कर्नेल टोल खाम्चा मगर र मगर महिला संघका अध्यक्ष सरला रानाले दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए।

यस वर्षको आठौं मगर्स गट ट्यालेन्ट प्रतियोगितामा मगर संघ युकेका बिभिन्न शाखाहरुवाट १० वटा शाखाले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। यो बर्ष २०२५ को बिजेता पलमस्टेड शाखाले प्रथम स्थान ओगट्दै ट्रफी पोल्टामा पारेको छ। प्रतियोगितामा सुश्री एलिशा पुन मगर र सुश्री प्रतिमा पुन मगरले सामुहिक नृत्य प्रस्तुत गरेका थिए।

त्यस्तै दोस्रो स्थानमा मगर संघ युके वेम्ली शाखा (मिफुरुङ) का सुश्री मिमिक पुन मगर आउन सफल भए भने तेस्रो स्थानमा यूएचएसबी शाखा सन्तोष पुन मगर आउन सफल भएका छन्। मिमिकले नृत्य प्रस्तुत गरे भने सन्तोषले गीत गायका थिए।

मगर्स गट ट्यालेन्ट प्रतियोगितामा गतवर्ष प्रथम, दोस्रो र तेस्रो भएका कलाकारहरुले अतिथि कलाकारको रुपमा आ- आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा मनिष श्रेष्ठ, अस्मिता पुरी, नितु पुन र रोशन गुरुङ रहेका थिए। त्यस्तै सोहि कार्यक्रममा निर्णायक मण्डलले पनि अतिथि कलाकारको रुपमा आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। रोशन गुरुङ र नितु पुन मगरले गीत प्रस्तुत गरे भने अस्मिता पुरीले नृत्य प्रस्तुत गरेका थिए। मनिष श्रेष्ठले कविता र संवाद प्रस्तुत गरेर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए।

औपचारिक कार्यक्रम मगर संघ युके युथका सचिब बिपना थापा र चर्चित लोक दोहोरी कलाकार पवन राना मगरले संचालन गरेका थिए भने सास्कृतिक प्रतियोगिताको कार्यक्रम मेरियन पाइजा र बिपिन छन्त्यालले सन्चालन गरेका थिए।

मगर युथका अध्यक्ष माइथनेले प्रमुख अतिथि, विशेष अतिथि, प्रायोजक, मगर्स गट ट्यालेन्ट प्रतियोगिता सहभागी भाइ बहिनी, निर्णायक मण्डल, मगर युथहरु र उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थिए। सो कार्यक्रममा मगर युथका संस्थापक अध्यक्ष दिप राना मगरले आफ्नो कुरा राखेका थिए भने प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष लालु पुनले मगर्स गट ट्यालेन्ट प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य मगर समुदायका प्रतिभावान युवाहरूमा लुकेका प्रतिभा गीत, संगीत, नृत्य र कला प्रतिभालाई दर्शक माझ प्रस्तुत गरेर आत्माविश्वास उर्जागर गर्नु हो भनि प्रष्ट पारेका थिए।

कार्यक्रममा युथ अध्यक्ष माईथनेले र प्रमुख अतिथिहरुले प्रायोजकहरु निर्णायक मण्डल सबैलाई टोकन अफ लभ र दोसल्ला ओढाई सम्मान गरेका थिए। मगर उत्कृष्ट पहिरनमा महिलातर्फ मगर संघ युकेका पुर्ब उपाध्यक्ष अनिता राना मगर र पुरुषमा मेख थापा पुरस्कृत भएका थिए भने राफल द्र मा पुर्व उपाध्यक्ष छवि माया पुनको टिमले सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्ष र प्रतिनिधिहरुको उपस्थितिमा एन आर एन ए युकेका कार्यवाहक अध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल) महासचिब जुरेन्द्र खुजुम, एसिएन महिला युकेका अध्यक्ष कल्पना गुरुङ, मगर संघ युकेका संथापक, पुर्व र निवर्तमान अध्यक्षहरु, ट्रष्टीहरु, सल्लाहकारहरु, बिभिन्न शाखाका अध्यक्ष लगायत बेलायतमा रहेका बिभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।