दक्षिण कोरियाको ओन्जु शहरमा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनिषा दाहालको मृत्यु
सोल । दक्षिण कोरियाको ओन्जु शहरमा ट्रकको ठक्करबाट झापाकी २२ वर्षीया मनिषा दाहालको आइतबार मृत्यु भएको छ।
उनलाई सडकपार गर्न हिँडिरहेको अवस्थामा चालकले ट्रकले दुर्घटना गरेका थिए भनेर **सोलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
दूतावासका अनुसार मनिषा एक वर्षअघि सोही देशको फार इस्ट युनिभर्सिटीमा अध्ययन गर्न गएकी थिइन्। दुर्घटनामा उनको निधन भएपछि नेपाल पठाउने प्रक्रिया अहिले अघि बढाइएको छ।
साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले ट्रक चालकले गल्ती स्वीकार गरेको र सम्बन्धित निकायसँग कानुनी तथा अन्य सहयोगका लागि छलफल भइरहेको जानकारी दिइन्। विद्यार्थीसमाजले पनि उनको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ।


