युकेमा अध्ययन गर्न आएका विद्यार्थी ठकुरीको निधन

लण्डन । युकेमा अध्ययन गर्न आएका विद्यार्थीको सुतेकै ठाँउमा निधन भएको छ ।

माष्टर्ष पढाई सकेर ग्राजुयसन हुन केही दिन बाँकी हुदा सुतेकै ठाँउमा २६ बर्षिय योमन चन्दको निधन भएको जनाएको छ । मंगलबार राति लण्डन घुमेर आई राति करिब २ बजे तिर ओछ्यान लागेका चन्द बिहान ब्यूझिएनन । चन्द बस्ने कोठा नजिकै बस्ने अर्का विद्यार्थी सुजन साह ठकुरीले बताएका छन । बुधबार साँझ सम्म युके प्रहरीले चेकजाँच गरि मुचुल्का उठाएका छन । के भएर निधन भएको थाह भएन तर गत महिना भिटामिन डि को कमी भएको कारण केही भ्याक्सिन लगाएको जनाएका छन् ।

नेपालको सल्यानमा २९ जनवरी १९९९ मा जन्मेका चन्दको निधन ११ नोभेम्बर २०२५ मा दुखद निधन भएको हो । गत बर्ष हार्डफोर्डसायर युनिभर्सिटीमा कम्युनिकेशन एण्ड इन्फोमेसन इन्जिनियरि अध्ययन गरिरहेका चन्द नर्थ लण्डनमा बस्दै आएका थिए ।

उनको शवलाई नेपालमा पठाउन बुबाआमाले अनुरोध गरेपनि खर्च लगायतको ब्यवस्थापन गर्न गाह्रो हुने बताईएको छ । गैर आवासीय नेपाली संघ युकेका कार्यबाहक अध्यक्ष अनिल मल्लले निजको अभिभावकबाट अनुमति आएमा एनआरएनएले आर्थिक सहयोग संकलनको लागि पहल गर्ने बताएका छन् । अहिले केही हप्ता अघि निधन भएका अर्का विद्यार्थीको निमित्त आर्थिक सहयोग संकलन कार्य जारी रहेको र त्यसको लगतै शुरु गर्न सकिने अध्यक्ष मल्लले जनाएका छन ।

दुखद घटनामा नेपाली राजदुतावासले दुःख ब्यक्त गरेको छ र शवलाई नेपाल लैजानको लागि दुतावासले जतिसक्दो चाँडो कागजपत्र बनाईदिने बताएको छ ।



मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।