अष्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिंदा तीन नेपालीको मृत्यु

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनलीमा भएको भीषण सडक दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान सवार कारलाई ट्रकले ठक्कर दिँदा ४१ वर्षीय पुरुष, ३१ वर्षीया महिला र ३ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

कारमा सवार एकजना वृद्धा भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी छन्। उनलाई हेलिकोप्टरमार्फत तत्काल अस्पताल लगिएको छ र उपचार जारी छ।

प्रहरीका अनुसार सानो बाटोबाट मुख्य सडकमा छिर्दा रोकेर दुबैतिर हेर्नुपर्ने स्थानमा कार नथामिएर सीधै रोडमा प्रवेश गरेको देखिन्छ। त्यसपछि दायाँतर्फबाट उच्च गतिमा आउँदै गरेको ट्रकले कारलाई साइडबाट ठक्कर दिएको थियो।

ठक्कर यति शक्तिशाली थियो कि कार पटक–पटक घुमेर यात्रु साइडतर्फ पल्टिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।