धनकुटामा मतदान स्थल र केन्द्रबारे छलफल
धनकुटा । आगामी फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनका लागी धनकुटा जिल्लामा मतदतान केन्द्र र मतदान स्थलहरुको वारेमा आज बैठक सम्पन्न भयो ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटा नगरपालिका वडा नं. १० को तत्कालिन सिद्ध आधारभूत विद्यालय फारम छेउ रहेकामा उक्त मतदान स्थल अपायक भएकोले त्यसलाई वडा नं. १० को वडा कार्यालयमा सार्ने निर्णय गरेको छ । साथै अन्य दुई वटा मतदान केन्द्रको नाम मात्र परिर्वतन गर्ने पनि निर्णय गरेको छ ।
धनकुटा जिल्लामा २०७९ सालको निर्वाचनमा ११९ वटा मतदान स्थल र १६२ वटा मतदान केन्द्रहरु र समानुपालितकका लागी मतदान गर्नका लागी २ वटा थप अस्थायी मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठले वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सहसचिव नैन विश्वकर्मा,नेपाली कम्न्यूष्ट पार्टी धनकुटाका प्रतिनिधि ओम प्रकाश निरौला,रास्वपा धनकुटाका संयोजक बालान्द दाहाल,राप्रपा धनकुटाका प्रतिनिधि रेवतराम भण्डारी,मंगल नेस्नल अर्गानाईजेशन धनकुटाका सचिव दिनेस याम्फु, लगायतका राजनैतिक दलका प्रतिनिधिहरुले निर्वाचनका अत्यधिक मतदान गराउन मतदान केन्द्र तथा स्थलहरु पायक पर्ने स्थानमा राख्नु पर्नेमा जोड दिनु भयो ।
उक्त बैठकमा धनकुटा जिल्लाका समन्वय अधिकारी हरी प्रसाद अधिकारी,जिल्ला प्रहरी कार्यालयका एस पी सरद कुमार थापा क्षेत्री,श्री भिम दल गण सल्लेरी व्यारेकका मेजर मनदिप राई,सशस्त्र प्रहरी बल छिन्ताग गुल्मका गुल्मपती डि एसपी प्रेम सिग्देल, राष्टिय अनुसन्धान धनकुटाका प्रमुख रामेश्वर वस्नेतले सेमत आ आफ्नो धारणा राख्नु भएको थियो ।
सो अवसरमा जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठ र नायव सुब्बा सारदा धमलाले सहजीकरण गर्नु भएको थियो ।


