सहिदभूमिमा तीन दिन सार्बजनिक बिदा
धनकुटा,२७ कार्तिक । धनकुटाको सहिदभूमि गाउंपालिकाले तीन दिन सार्बजनिक बिदा दिएको छ ।
गापाका प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर भण्डारीद्वारा हस्ताक्षरित आज जारी सुचना अनुसार कार्तिक २८,३० र मंसिर १ गते स्थानिय बिदा दिइएको हो ।
विसं.२०३६ सालमा तत्कालिन छिन्ताङ्ग, खोकु र आँखिसल्लामा भएको आन्दोलनमा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरुको स्मृति दिवसमा कार्तिक २८ गतेका दिन र छिन्ताङ्ग, खोकु र आँखिसल्लामा बसोबास गर्ने राई समुदायले विशेष रुपमा मनाउने मौलिक पर्व “वाढाङ्गमी” को अवसरमा कार्तिक ३० र मंसिर १ गते स्थानीय बिदा दिने निर्णय गरिएको हो ।
सुचनामा अगाडि भनिएको छ -गापाको वडा नं ४ र ५ (खोकु ) मा यस अगाडि नै वाढाङ्गमी पर्व परेकोले गत कार्तिक २४ का दिन नै वाढाङ्गमी बिदा दिइएको हुँदा उक्त वडामा कार्तिक ३० गतेमात्र वाढाङ्गमी बिदा दिइएको जनाइएको छ ।



