धनकुटामा एमालेको जनप्रदर्शनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने : वर्तमान सरकारले चुनाव गराउँदैन

धनकुटा,२९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको सरकार चुनाव गराउन भन्दा पनि वर्तमान संविधानलाई खारेज गर्ने पक्षमा रहेको बताएका छन् ।

नेकपा एमाले धनकुटाले धनकुटामा आज गरेको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् । सरकार चुनाव गराउन भन्ने तर चुनाव गराउने भन्दा पनि राष्ट्रलाई कसरी असफल गराउने भन्ने तर्फ मात्र अहिलेको सरकार लागेको अरोप समेत लगाए ।

त्यस्तै नेता कार्कीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितीमा एमाले अध्यक्ष केपी शर्मा ओली बयान दिन नजाने समेत प्रष्ट पारे सरकारले निष्पक्ष आयोग गठन गरे कानुन र विधीलाई सघाउन एमाले तयार भएको समेत उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै नेता नेता कार्कीले माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई सबैभन्दा बढी धोका दिएकोले नेपालले गरेका यस्ता कार्य क्षमा दिन समेत नसकिने भएको बताए ।

धनकुटाको सभालाई एकिकृत समाजवादीबाट समायोजन भएर एमालेका आएका केन्द्रिय सदस्य तथा धनकुटा जिल्ला अध्यक्ष अर्जुन राई, केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राजेन्द्र कुमार राईले सम्बोधन गरेका थिए ।

कार्यक्रमको संचालन नेकपा एमाले धनकुटाका सचिव पर्शूराम नेपालले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष शिव आङलाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।