धनकुटाको चौबिसेमा कर्मचारी नआउंदा सामुदायिक सिकाइ केन्द्र अस्तव्यस्त, सामग्री संरक्षणमा संकट
धनकुटा, ३० कार्तिक । धनकुटाको चौबिसे–१ बुधबारेस्थित सामुदायिक सिकाइ केन्द्र (CLC) परिचारिका ज्योती श्रेष्ठ कार्यालयमा नियमित उपस्थित नहुँदा केन्द्रको सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन्।
सेवाग्राहीले केन्द्रमा उपलब्ध टिभि हेर्ने, पत्रपत्रिका पढ्ने, पुस्तक अध्ययन गर्नेजस्ता सुविधा उपयोग गरे पनि हेरचाह गर्ने कर्मचारी नबस्दा सामग्री संरक्षणमा समस्या देखिएको छ।
इलेक्ट्रोनिक उपकरणदेखि पुस्तकालयका सामग्री बिनासन्धान बिग्रिने जोखिम बढेको स्थानीयको भनाइ छ।
सेवाको निरन्तरता र केन्द्रको सुव्यवस्थित व्यवस्थापनका लागि सम्बन्धित निकायले चाँडो ध्यान दिनुपर्ने माग स्थानीयवासीले गरेका छन्।-स्रोत :लेटांग खबर


