बीपी प्रतिष्ठान धरानका प्रा.डा. शर्मा विश्वका शीर्ष वैज्ञानिकको सूचीमा समावेश
सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश भएका छन्।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले जारी गर्ने ‘ग्लोबल वैज्ञानिक प्रभाव र्याङ्किङ’ सूचीमा परेपछि, नेपालमा सर्पदंश उपचार सुधारका क्षेत्रमा उनका योगदान पुनः उजागर भएका छन्।नेपालका ३१ जनामध्ये प्रा.डा.शर्मा पनि छनोट भएका हुन्।
उनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्।
करिब २५ वर्षअघिदेखि निरन्तर स्वास्थ्य अनुसन्धानमा सक्रिय रहेका प्रा।डा। शर्मा उपचार पद्धति र चिकित्सकीय ज्ञानलाई प्रभावकारी बनाउने काममा केन्द्रित रहेका छन्।


