धनकुटा सहित भोजपुरमा अवैध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
धनकुटा, मंसिर ०१ गते । धनकुटा र भेजपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवा प्रहरीले फडानी गरि नष्ट गरेको छ ।
कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-३ सुर्केटार स्थित डाँडापाखाको करिव ४ रोपनी क्षेत्रफलमा रहेको १ हजार ५ सय वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।
त्यसैगरि भोजपुरको हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७ रोपनी क्षेत्रफलमा रहेका ७ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले फडानी गरि नष्ट गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


