धनकुटामा वर्षाका कारण ४१ करोड बढीको बाली क्षति

धनकुटा । अविरल वर्षाका कारण धनकुटामा कृषि बावी तर्फ करिब ४१ करोड ६८ लाख रुपैँया भन्दा बढीको क्षति भएको छ ।

असोज र कार्तिकमा परेको अविरल वर्षाका कारण मुख्य गरि धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । धान बालीमा मात्रै करिब कारण ४१ करोड ५२ लाख ९९ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको धान चार दशमलव आठ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टन क्षेति भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना मगरले जानकारी दिए ।

त्यसैगरी, जिल्लामा १३.३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव सात मेट्रिक टन कोदो बाली क्षतिग्रस्त भएको छ । १५ लाख ३५ हजार २४० रुपैयाँ बराबरको कोदो बाली क्षति भएको छ ।

धनकुटामा २ हजार ६०९ हेक्टरमा लगाइएको १२ हजार ४४४ मेट्रिक टन धान र कोदो क्षति हुँदा ४१ करोड ६८ लाख ३४ हजार २४० रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।