आठपहरिया राईहरुको मुख्य चाड वडाङ्गमेट सम्पन्न

धनकुटा, ३ मंसिर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका र आसपासमा मुख्य बसोबास रहेको आठपहरिया राई जातिके मुख्य चाड
वाडाङ्गमेट सकिएको छ ।

यो चाड १५ दिन सम्म पितृको संम्झना गर्दै मनाइने गरिन्छ । धनकुटा नगरपालिकाको सान्ताङ्ग, बेलाहारा, छारागाउँ, भीरगाउँ लगायत आठपहरीया बस्तीहरुमा यो चाड मनाइएको हो ।

यस चाडमा वर्षदिन भरी आफन्त गुमाएका परिवारले शुद्धिशान्ति गर्ने, परिवार चोखिने र नाचगान गर्ने चलन रहेको छ । यस पर्वमा धनकुटा देखि हिड्दै बराहक्षेत्रमा गएर नुहाउने तथा परिवारका सदस्यको मृत्यूको पिडा कोकाहा खोला र तमोरमा बगाउने समेत गरिदै आइएको छ ।

अरुले निर्माण गरेको पाटी तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा अन्य समयमा गाउँन नमिल्ने मुन्धुम गाउँने चलन आठपहरियाहरुको रहेको छ । राँगाको मासु, कुभिन्डो र फिलुगेंको अचार यो पर्वमा मुख्य गरि खाने चलन रहेको छ भने नाचगान समेत गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।