धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
धनकुटा , मंसिर ०४ गते । धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-९ का अर्जुन कार्की रहेका छन् ।
प्रहरी चौकी हिलेले कार्कीलाई २ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


