धनकुटामा वेवारिसे मोटरसाइकलबाट ८ किलो गांजा बरामद
धनकुटा,४ मंसिर । धनकुटामा वेवारिसे अवस्थामा रहेको मोटरसाइकलबाट ८ किलो गांजा बरामद गरिएको छ ।
जिल्लाको साँगुरीगढी गाँउपालिका-१ बाट वेवारिसे अवस्थामा रहेको प्रदेश नम्बर-१०२-०४४ प ७४५२ नम्बरको मोटरसाकलबाट प्रहरी चौकी मुलघाटले उक्त गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


