धनकुटामा विश्व बाल दिवसको अवसरमा बाल अधिकार तथा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न
धनकुटा,४ मंसिर । धनकुटामा विश्व बाल दिवसको अवसरमा बाल अधिकार तथा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ५ स्थित श्री धनकुटा बोर्डिङ स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई बाल अधिकार तथा बालबालिका विरुद्ध हुने अपराध सम्बन्धी प्रशिक्षण तथा जानकारीमुलक कक्षा संचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र उक्त स्कुलको सहकार्यमा संचालित कार्यक्रममा प्रसनि अनिल परियारले प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


