अपडेट : धनकुटाको पाख्रिबासमा हाइस दुर्घटना,घाइते मध्ये एक जनाको मृत्यु

धनकुटा,५ मंसिर । धनकुटाको पाख्रिबासमा हायस दुर्घटनामा घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी वर्ष ८२ की सावित्रा कालाखेतीको रहेका छन् ।

मृतक सावित्रा घाईते भई उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ८:१५ बजे चिकित्सकले मृत घोषणा गरेको साथै लास तत्काल जिल्ला अस्पताल धनकुटामै रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परेर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ की ११ वर्षीया विनिता राई, ४९ वर्षीया वैकुण्ठी राई, सिलिचोङ–३ का ३९ वर्षीय नरेन्द्रकुमार राई, ३० वर्षीया संगीता राई, ४२ वर्षीया नरमाया राई, १४ वर्षीय जेसन राई, पाँचखपन नगरपालिका–९ की २४ वर्षीया ल्हामु शेर्पा, खाँदबारी नगरपालिका–७ का ५० वर्षीय रत्नबहादुर विक र खाँदबारी–८ की ३८ वर्षीया कल्पना विक घाइते भएका छन् ।

त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ४४ वर्षीय कैलाश गुप्ता, भोजपुरको षडानन्द नगरपालिका–११ का ३२ वर्षीय विकल कार्की, भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ का ३२ वर्षीय पासाङ शेर्पा, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ की ४४ वर्षीया निर्जला राई, सिन्धुली घर भएका १९ वर्षीय सन्तबहादुर तामाङ, धनकुटाको महालक्ष्मी नगरपालिका–३ की ३० वर्षीया सुजता गिरी र माइक्रो चालक ३५ वर्षीय चालक दीपेन्द्र बुढाथोकी घाइते भएका छन् ।

घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीको जवान हुन् । घाइतेहरुको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

जिल्लाको पाख्रिबास नगरपालिका ५ स्थित भैंसेमा आज बिहान करिब ६:३० बजे काठमाडौबाट खांदबारी जांदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस दुर्घटना भएको थियो ।

दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।