‘पाख्रिबासको पहिचान’ पार्कको उद्घाटन
धनकुटा,५ मंसिर । धनकुटामा पहिचान सहितको पार्कको उद्घाटन गरिएको छ ।
जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित नवनिर्मित पहिचान सहितको पार्कको आज नपाका प्रमुख ज्ञान बहादुर गुरुंगले उद्घाटन गरेका छन् ।
उक्त पार्क नपा,सहयोगी ब्यक्ति तथा सहयोगी संस्थाहरुको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो ।


