जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको प्रभावकारी उपचार सेवा

धनकुटा,६ मंसिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार संरी प्रभावकारी रुपमा संचालन हुदै आएपछी धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ ।

आयुर्वेद उपचार प्रद्धती नया नया प्रविधिका कारण सेवाग्रहीले विर्सदै गएको समयमा धनकुटामा भन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरु विस्तार गरी नया नया आयुर्वेद समवन्धि उपचार विधि अपनाउन थालेपछी धनकुटाका सेवा गरीहरुमा आयुर्वेद उपचार प्रद्धती झनै लोकप्रित र प्रभावकारी वन्दै गएको हो ।

दिनप्रतिदिन आयुुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरु विस्तार गरेपछी उपचार गर्न आउनेहरुको सख्यामा समेत उल्लेखनीय वृद्धी हुदै आएको छ ।यसले गर्दा धनकुटामा आयुर्वेद उपचार बिधि अहिले झन झन लोकप्रिय र उपयोगी बन्दै गएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका व्यवस्थान तथा संचालन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राइले आयुर्वेद उपचार प्रदतीको महत्व र आवाश्यक्ता अहिले झन झन बढ्दै गएकोले जनस्तर सम्म आयुर्वेद उपचार प्रद्धतीको वारेमा जनचेतना जागृत गर्नु पर्नेमा जोड दिनु हुन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट ओ.पी.डी. ,प्रयोगशाला , निःशुल्क औषधी वितरण, योग ,पूर्वकर्म÷पंचकर्म , सशुल्क फार्मेसी सेवाहरु संचालनमा रहेको जानकारी दिनु हुदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा.विद्या श्रेष्ठले आर्थिक बर्ष २०८० ्र२०८१ मा ६हजार७ सय ७४जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र आर्थिक बर्ष २०८१,२०८२ मा ७ हजार ७ सय ३० जनालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको समेत वताउनु भयो ।

यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटा अन्र्तगत संचालन भैरहेको ,सहिदभूमी गाउपालिकाका छिन्ताग आयुर्वेद औषधालय पाख्रिवासमा नागरिक आरोग्य सेवा केन्द ्र महालक्ष्मी नगरपालिकाको आरोग्य सेवा केन्द्र ,चैविसे गाउपालिकाका आरोग्य सेवा केन्द्रहरु माफर्त पनि आयुर्वेद सम्वन्धि सेवा संचालन भैरहेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द धनकुटा बाट ओ पि डि सेवा अन्तर्गत विभिन्न पेट सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छाला सम्बन्धि रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार गरिदै आएको जानकारी दिदै डा बिद्या श्रेष्ठले प्रयोगशालामा विभिन्न अत्याधुनिक उपकरणहरुको प्रयोग गरि रगत, दिसा, पिसाब आदिको जाँच गरी सेवा उपलब्ध गराई रहेको डां विद्या श्रेष्ठले जानकारी दिनु भयो ।

यसैगरी आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट निःशुल्क औषधी वितरण अन्तर्गत २३ प्रकारका आयुर्वेद औषधीहरु निःशुल्क वितरण गरिदै आएको समेत डा विद्या श्रेष्ठले वताउनु भयो । उहाका अनुसार अहिले जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट सशुल्क् फार्मेसीबाट आयुर्वेदक औषधीहरु सुपथ मूल्यमा विक्रि वितरण गर्न केही महिना अभिबाट शुरु गएको छ ।

पूर्वकर्म÷पंचकर्म अन्तर्गत शरीरमा भएका विकारहरु हटाउन,शरीर संशोधन गर्न, गठ्ठीया, वातरोग पक्षघात लगयत अन्य रोगहरुका उपचार समेत गरिरहेको जानकारी दिदै ससो स्वास्थ्य सेवा केन्द्र धनकुटाले जेष्ठनागरिक सेवा अन्तर्गत बलवर्धक अश्वगन्धा र आमलकी चुर्ण निःशुल्क वितरण गरिदै आएको छ ।

यस्तै गरी स्तनपायी आमा सेवा अन्तर्गत दुग्धवर्धक सतावरी चुर्ण र दशमूल तेल निःशुल्क वितरण गरिदै आएको र योग– योग प्रशिक्षकद्वारा स्वस्थ व्यक्तिका स्वास्थ्य प्रवर्धन हेतु संगसंगै रोगी व्यक्तिका लागि रोग अनुसारका योग एवं ध्यान विधीहरु समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द धनकुटाले गराउदै आएको छ ।

शिरोधारा उपचार पद्धती अनुसार टाउको दुख्ने, माइग्रेन, शारीरिक तथा मानसिक थकान, डिप्रेसन, अनिन्द्रा, सुस्त मनस्थिति आदि समस्यामा अत्यन्त उपयोगी भएको समेत जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले जानकारी दिनु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटामा पूर्वकर्म पंचकर्म सेवा अहिले बढीमात्रमा लिन आउने संख्यामा उल्लेखनीय बृद्धी भएको डा. विद्या श्रेष्ठ बतउछिन ।

धनकुटा जिल्लामा अहिले आयुर्वेद स्वास्थ्य उपचार पद्धती दिन प्रतिदिन प्रभावकारी वन्दै गएकाले यस उपचार आयुर्वेद उपचार प्रद्धती प्रती सेवाग्राहीहरु आर्कषित बन्दै गएकालो आयुर्वेद उपचार विधि प्रिय भएकाले उपचार गर्न आउनेहरुको सख्यामा समेत उल्लेखनीय बृद्धी हुदै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।