झापाको कुञ्जिबारी बजारमा सामान बेच्दा बेच्दै ढलेर एक जनाको मृत्यु
झापा । झापाको गौरीगञ्ज वडा न.१ स्थित कुञ्जिबारी बजारमा सामान बेच्दा बेच्दै ढलेर एकजनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो ३ बजे शिवसताक्षी वडा न.५ बस्ने ७२ वर्षीय सम्पतलाल राजबंशी कुञ्जिबारी बजारमा ढलेका हुन् ।
बीउबिजनको ब्यापार गर्न कुञ्जिबारी बजार गई ब्यापार गरिरहेकोमा अचानक चक्कर लागेर राजवंशी बेहोस भएका थिए ।
उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।


