११ दिनदेखि सम्पर्कविहिन महिला झापामा सकुशल फेला
उर्लाबारी । ११ दिनदेखि सम्पर्कविहिन भएकी उर्लाबारी नगरपालिका वडा नम्बर २ पुरानो मंगलबारेकी ३९ वर्षीया सन्ध्या मगर शनिबार झापामा सकुशल फेला परेकी छिन्।
मगर गत कार्तिक २७ गते दिउँसो करिब ३:३० बजे घरबाट विना कुनै जानकारी निस्किएसँगै उनको परिवारसँग सम्पर्क टुटेको थियो।
मगरसँग सम्पर्क नहुँदा चिन्तित बनेको परिवारले उनको खोजी गरेको थियो । खोजतलासका क्रममा उनी झापाको धुलाबारीस्थित इँटाभट्टामा बसोबास गर्दै आएका नाताले क्षमा पर्ने एक आफन्तको घरमा शनिबार फेला परेको परिवारस्रोतले जनाएको छ ।
मगरलाई सकुशल फेला पर्न सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।-मंगलबारे पेज


