विराटनगर विमानस्थलमा एमाले नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास
विराटनगर । विराटनगर विमानस्थलमा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।
सुनसरी जाँदै गरेका बस्नेत चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका थिए। प्रहरीको तत्काल नियन्त्रणपछि अप्रित कुवँर र सञ्जोग गौतम पक्राउ परेका छन्।
उनीहरूले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाको न्यायका लागि सांकेतिक विरोधस्वरूप मसी छ्यापेको दाबी गरेका छन्।
बस्नेत सुरक्षित रूपमा आफ्नो गन्तव्यतिर प्रस्थान गरेका छन्।


