नोबेलको लापर्वाही : नाकको शल्यक्रिया गर्दा आँखाको ज्योति गुमेपछि प्रशासनमा उजुरी

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया (अप्रेशन) गर्दा एक बालकले दाहिने आँखाको ज्योति गुमाएपछि प्रशासनमा उजुरी परेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हासपोसाका सात वर्षीय जेनिश पाठकको नाकभित्र पलाएको मासु (पोलिप) निकाल्ने क्रममा शल्यक्रियापछिका जटिलताले आँखाको भित्री भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको परिवारले बताएका छन् ।

नाकमा समस्या देखिएपछि मङ्सिर ४ गते नोबेलमा भर्ना गरिएका बालकको ५ गते शल्यक्रिया गरिएको थियो। अप्रेशनको भोलिपल्ट नै अस्पतालले बालकलाई हतार–हतार डिस्चार्ज गरेको परिवारजनको आरोप छ।

जेनिशका मामा श्रीकृष्ण प्रसाईंका अनुसार शल्यक्रियापछि नै बालकको दाहिने आँखाको ज्योति हराइसकेको थियो। “हामीलाई डिपार्टमेन्ट हेडले अप्रेशन गर्ने भनेका थिए, तर पछि थाहा भयो—सिकारु डाक्टरलाई जिम्मा दिएको रहेछ,” उनले भने, “आँखामा समस्या देखिएपछि अस्पतालले न आफैं उपचारको पहल गर्‍यो, न विस्तृत जानकारी दियो, उल्टै भोलिपल्ट आँखा अस्पताल लैजाऊ भन्दै डिस्चार्ज गरिदियो।”

नोबेलबाट डिस्चार्ज भएपछि बालकलाई शनिबार विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरिएको थियो। आँखा अस्पतालका चिकित्सकले दाहिने आँखाको भित्री भाग (हड्डीसहित) क्षतिग्रस्त भएकाले ज्योति फर्कने सम्भावना प्रतिशतभन्दा कम रहेको निष्कर्ष सुनाएको परिवारले जनाएको छ । आँखाको भित्री संरचना नै ड्यामेज भएकाले अप्रेशनले ठुलो चोट पुर्‍याएको आँखाका चिकित्सकले बताएका छन्।

नोबेल तथा उपचारमा संलग्न चिकित्सकहरूबाट गम्भीर लापरबाही भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित परिवारले उजुरी समेत दिएको छ। अस्पताल तथा चारमा संलग्न डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाही गर्न उजुरीमा माग गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उजुरीपछि घटनालाई गम्भीरताका साथ लिएर छानबिन प्रक्रिया अघि बढाइएको बताए ।

“अनुसन्धानका लागि फाइल जिल्ला प्रहरी कार्यालय पठाएका छौं,” उनले भने, “प्रहरीको प्रतिवेदन आएपछि मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही अघि बढाइन्छ।”उपचारको दौरान लापरबाही आरोपबारे बुझ्न खोज्दा नोबेल मेडिकल कलेज प्रशासन सम्पर्कमै आउन चाहेन।-हाम्रोमत बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।