महेश बस्नेतमाथि विराटनगरमा भएको दुर्व्यबहार प्रति अनेरास्ववियुले भन्यो : कानुनी राज्यको उपहास र सरकारद्वारा बढाइएको अराजकताको संकेत

काठमाडौ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा गरिएको दुर्व्यवहारलाई कानुनी राज्यको उपहास र सरकारद्वारा बढाइएको अराजकताको संकेत बताएको छ।

अध्यक्ष दीपक धामीले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्धन गरिरहेको छ।”

विज्ञप्तिमा सरकारले यस्ता घटनालाई रोक्न नसक्नु मात्र नभई उल्टै अराजकता बढाउन बल पुर्‍याइरहेको आरोप लगाइएको छ।

अनेरास्ववियुले चेतावनी दिंदै भनेको छ, “यस्ता कुकृत्यहरू दोहोरिँदै गएकोप्रति हामी घोर निन्दा गर्दछौँ। यदि फेरि दोहोरिए, कठोर प्रतिवादमा उत्रनेछौँ।”

संगठनका अनुसार स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत महत्वपूर्ण राजनीतिक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा विराटनगर विमानस्थलमा कायरतापूर्वक दुर्व्यवहार गरिनु गम्भीर घटना हो।

अनेरास्ववियुले यस प्रकारका घटनाले बहुदलीय लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र कानुनी राज्यको उपहास भएको भन्दै देश अराजकतातर्फ धकेलिएको चेतावनी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।