सुजन लिम्बूको पार्थिव शरीर नेपाल आय़ो, आज तेलिघाटमा अन्त्येष्टि
लेटाङ । वैदेशिक रोजगारीका क्रममा निधन भएका लेटाङ नगरपालिका–८ जाँते बजारका ३४ वर्षीय सुजन लिम्बू (सिंगक)को पार्थिव शरीर नेपाल आइपुगेको छ।
करिब चार साताअघि विदेशमा निधन भएका लिम्बूको कागजी प्रक्रिया पूरा भएपछि पार्थिव शरीर नेपाल ल्याइएकाे हो। आज बिहान ११ बजे लेटाङ ८ जाँतेको स्थानीय तेली घाट परिसरमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
अकस्मात् निधनले परिवार र समुदायनै शोकमा डुबेका छन्।


