पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता

धनकुटा,८ मंसिर । धनकुटाको पर्यटकिय नगर पाख्रीबास नगरपालिका ४ मा नवनिर्मित पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता शिलालेखीकरण गरिएको छ ।

पाख्रीबास नपा ४ निवासी कवि परियारद्वारा लिखित ‘पाख्रीबास’ शीर्षकको उक्त कविताको गत मंसिर ५ गते सम्पन्न कार्यक्रमका बीच नगर प्रमुख ज्ञान बहादुर गुरुंगले अनावरण गरेका हुन् ।

पाख्रीबासको नामाकरणका बारेमा खोज अनुसन्धानलाई आधार बनाएर कविताको रचना गरिएको कविले बताए। पाख्रीबासका ऐतिहासिक व्यक्तित्वहरूले विभिन्न क्षेत्रमा दिएका अतुलनीय योगदानलाई जीवित तुल्याउने हेतुले कवितामा स्मरण गरिएको कुरा कविले बताएका छन्।

प्राकृतिक सुन्दरता , भौगोलिक परिवेश , बदलिदो हावापानी , आर्थिक तथा सामाजिक जनजीवन , कृषि , रोजगारी एवम् स्थानीय सांस्कृतिक मूल्यमान्यतालाई केन्द्रमा राखेर कवितालाई चित्रण गरेको कुरा उनले बताए। विविधतामा एकताको सन्दर्भलाई समेत कविताको विषय बनाएर अनेकौँ भाषाभाषी , धर्म , परम्परा साथै बहुजातीय समाजको समान पहिचानलाई पनि कवितामा अटाएको कुरा कविले बताए।

पाख्रीबासमा पर्यटनको राम्रो सम्भावना रहेको र यहाँ आउने पर्यटकहरूले पाख्रीबासको इतिहासलाई पढेर यसका बारेमा केही कुरा थाहा पाऊन् र भविष्यमा यहाँका नयाँ पिँढीहरूले पनि आफ्नो जन्मभूमिका बारेमा जानकारी पाउनु महत्वपूर्ण विषय रहेकाले पनि कविताको रचना गरी शिलालेखीकरण गरिएको कविले बताए। इतिहासको अभिलेखीकरणले नै वर्तमानको मार्ग निर्देश गर्ने अथवा इतिहास मेटिए वर्तमान अल्मलिने कुरामा जोड दिँदै कविले कविताको शिलालेखीकरण गरिएको बताए।

कवितालाई पार्कमा राख्नका लागि पाख्रीबास नपाका नगर प्रमुख गुरुङ , वडा नं. ४ का वडा अध्यक्ष सन्तोष मानन्धरले अनुमति पत्र दिएका थिए भने पाख्रीबास युथ युनाइटेडका अध्यक्ष गणेश गुरुङ ( गने दाइ ) , साहित्यकारद्वय प्रेम भण्डारी र ओमप्रकाश निरौलाको विशेष साथ सहयोग रहेको कुरा कवि परियारले बताए।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।