झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिक पक्राउ
झापा । झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ स्थित एक होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरु बिहार राज्यका हुन् ।


