झापा र मोरङबाट लागू औषध सहित ५ जना पक्राउ
विराटनगर, मंसिर ०८ गते । झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ०६ गते वडा प्रहरी कार्यालय भद्रपुरले ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर-१२ का सुनिल बिश्वकर्मा र मंसिर ०७ गते अर्जुनधारा नगपालिका-२ का बिर बहादुर कुमाललाई ६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले इलाम माङसेबुङ गाँउपालिका-४ का अमिर देवानलाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर-६ बाट पक्राउ गरेको छ ।
चेकजाँचकै क्रममा बिर्तामोड नगरपालिका-३ बाट प्रहरी चौकी बिर्ताबजारले सोहि स्थानका गुल्चन उरावलाई ३१० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको विराटनगर-१५ बाट सुनसरी इनरुवा-७ का सुरज उरावलाई इलाका प्रहरी कार्यालय रानी (सिमा)ले लागू औषध १५ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।


