धनकुटा र संखुवासभाका गरि दुई जना गाँजा बोकेको ट्रक सहित पूर्वपश्चिम राजमार्गबाट पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई युवक पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ का २२ वर्षीय खेम राना मगर छन् ।

प्रहरीका अनुसार विश्वकर्मा ट्रक चालक हुन भने मगर सह-चालक हुन् । विशेष सूचनाका आधारमा ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्दा एक हजार १५ किलो तीन सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनाविरुद्ध सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।