इटहरीको खनारमा स्थित स्टेशनरी पसलमा चोरी
इटहरी । इटहरी–१२ खानारस्थित साशी स्टेशनरीमा आज बिहान चोरी भएको छ।
पसलमा राखिएका सामान चोरले लिएर फरार भएको घटना CCTV फुटेजमार्फत सार्वजनिक भएको छ।
दुकानका सञ्चालकका अनुसार चोरीमा संलग्न व्यक्ति विद्यार्थीजस्तै देखिने केटीहरू रहेका छन्। CCTV मा स्पष्ट रूपमा उनीहरूले पसलमा छिरेर सामान लिएर हिँडेको दृश्य देखिएको बताइएको छ।
चोरीमा संलग्न व्यक्तिहरू खानारस्थित राधा–कृष्ण मन्दिर पछाडिको भाडाको घरमा बस्ने भएको शंका गरिएको छ।


