धनकुटामा एमालेले सुरु गर्यो महाधिवेशन प्रतिनिधि छनोटको प्रकृया

धनकुटा । नेकपा एमाले धनकुटाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले मंसिर १४ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेर प्रतिनिधि छनोटको प्रकृया अघि बढाएको हो ।

कार्यतालिका अनुसार आइतबार मतदाता नामावली प्रकाशन गरिएको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय निर्धारण गरिएको छ । ९ गते दिउँसो १ बजेसम्ममा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १० गते बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ । ११ गते दिउँसो ४ः५० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस्तै १४ गते मतगणना र सोही दिन ४ बजेपछि निर्वाचनको परिणाम घोषणा गर्ने योजना बनाइएको छ ।

सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास गरिने र सहमतिबाट टुङ्गिन नसकेमा मतदान प्रकृयाबाट प्रतिनिधि छनौट गरिने एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो । धनकुटामा एमालेका ८ हजार २ सय ३६ पार्टी सदस्य छन् । जसबाट खुल्लातर्फ ७ जना, महिला ४ जना, ४० वर्षमुनिका युवा १ जना र एक जना दलित गरी महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।