धनकुटाको सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहितका सामग्री वितरण

धनकुटा । लायन्स क्लब अफ विराटनगर शुभम्ले धनकुटाको एउटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहितका सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर धनकुटाको टेकुनालास्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, ट्राकसुट, स्टेशनरी सामग्री, भलिबल, लुँडो, क्यारामबोर्ड, चेकलगायतका सामग्री वितरण गरिएको क्लबले जनाएको छ । विद्यालयमा अध्ययनरत ५२ जनालाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

क्लबकी अध्यक्ष विन्दु श्रेष्ठ लाखेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ विराटनगर शुभम आबद्ध पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

क्लबले यसअघि पनि विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, न्यानो कपडा, खेलकुद सामग्री वितरण गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।