सुहाङले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

इलाम । नेकपा एमालेको आसन्न एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिसभाका निवर्तमान सदस्य सुहाङ नेम्वाङसहित ७२ जनाले इलाममा उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर २७ देखि २९ गतेसम्मका लागि तोकिएको महाधिवेशनका लागि एमाले इलामले गठन गरेको निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया शनिबार सुरु गरेको थियो । सो क्रममा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान सांसद सुहाङ नेम्वाङ र क्षेत्र नम्बर १ बाट निर्वाचित अर्का निवर्तमान सांसद महेश बस्नेतसहितको उम्मेदवारी परेको हो ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुने १० जना प्रतिनिधिका लागि प्रतिस्पर्धामा ४२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खुलामा २४, महिलामा ८ र युवामा १० जनाको उम्मेदवारी दर्ता भएको छ ।

क्षेत्र नम्बर १ बाट निर्वाचित हुने ९ जना प्रतिनिधिका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये खुलातर्फ १८, जना महिलामा ६ र युवामा ६ जनाले उम्मेदवारी दिएका छन् । दलित प्रतिनिधितर्फ भने देवेन्द्र विश्वकर्मा प्रतिनिधिमा सर्वसम्मत भएका छन् । एमाले इलाम क्षेत्र नम्बर १ मा ४ हजार ८ सय २१ र क्षेत्र नम्बर २ मा ५ हजार ७ सय ८१ पार्टी सदस्य रहेका छन् ।

यसरी नै दलित सदस्य ४ सय ४७ जना रहेको नेकपा एमालेले जनाएको छ । सबै प्रतिनिधि सर्वसम्मत गर्न प्रयास गर्ने र सम्भव नभए मंसिर १३ गते एकैसाथ सबै वडामा निर्वाचन गरे प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।