मोरङको पथरीशनिश्चरेमा बाटोको छेउमा मृत भेटिए एक युवक
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फलफूल लाइनस्थित बाटोको छेउमा सोमबार दिउँसो १ जना युवक मृत फेला परेका छन् ।
पथरीशनिश्चरे–६ का ३० वर्षीय गणेश थापा मृत फेला परेको प्रहरीले जनाएको छ । उनलाई उत्तानो परेर लडिरहेको अवस्थामा देखेर दिउँसो १२ः१० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको इन्स्पेक्टर भीमराज राई नेतृत्वको टोलीले उठाएर पथरी नगर अस्पताल लगेको थियो । अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।उनको मृत्युको कारण खुल्न सकेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


