रोमानियामा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु
रोमानिया । रोमानियामा सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ।
रोजगारका लागि १० महिनाअघि बुखारेस्ट पुगेका उनी पान फास्टफुडमा कार्यरत थिए। शुक्रबार साँझ सडक पार गर्ने क्रममा तीव्र वेगमा आएको कारले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै बताइएको छ।
उक्त कार १८ वर्षीय रोमानियन युवकले चलाएको थियो। सलिनको शव हाल कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ र कानुनी प्रक्रिया पूरा भएर नेपाल पठाउने तयारी भइरहेको जानकारी गराइएको छ।


