झापा र इलामबाट काठमाडौमा प्रहरीको हातहतियार लुटपाटमा संलग्न ३ जनालाई २ थान पेस्तोल र २० राउण्ड गोली सहित पक्राउ

विराटनगर, मंसिर ०९ गते । झापाको दमक नगरपालिका-८ र इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापाको दमक-८ का २५ बर्षीय सरोज पुरी, दमक-६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली-४ का पवन हाङ्सुरुम्वा रहेका छन ।

भदौ २४ गते भएको जेन्जी आन्दोलनको क्रममा काठमाण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटी फरार भएका सरोज पुरी आफ्नै घर वतनमा आई लुकी छिपि बसेको भन्ने बिशेष सुचनाको आधारमा मंसिर ८ गते इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई १ थान पेस्तोल र १५ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पुरीले लुटी ल्याएको १ थान पेस्तोल र ५ राउण्ड गोली बिश्व लिङ्देनलाई दिएको र विश्व लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली-४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको भनि बताए अनुसार इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पवन हाङसुरुम्बालाई उनले बारीमा खाल्डो खनी लुकाई राखेको १ थान पेस्तोल र ५ राउण्ड गोली सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।