उदयपुरमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभातफेरी
उदयपुर,९ मंसिर । उदयपुरमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिका वडा नं. ११ पिपलचोक स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना र अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कोशी प्रदेश सभाका उप-सभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका नगर उप-प्रमुख महेश्वरी राई, यस कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङ एवम् प्रहरी कर्मचारीहरु लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उक्त प्रभातफेरी कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको नारा सहितको पर्चा, पम्मलेट एवं जिंगल बजाई गाईघाट बजार परिक्रमा गरी त्रियुगा न.पा. वडा नं. ११ पिपलचोक स्थित भेला जम्मा भई कार्यक्रम समापन भएको थियो ।


