२३ बर्षपछि धनकुटाकी पदम मायालाई क्षतिपूर्ति

नारायण कुमार राई/धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ ।

चौबिसे गाउँपालिका वडा नं.१ छ नं.बुधबारे निवासी ५७ बर्षिया गुरुङलाई तोकिएको भन्दा ५ बर्ष ६ महिना बढी कैदमा राखे बापत नगद ६ लाख ३ हजार रकम क्षतिपूर्ति दिएको हो ।

उहाँलाई शोमबार गृह मन्त्रालयले धनकुटाका प्रमुख ज्रिल्ला अधिकारी बिनोद कुमार खड्का मार्फत् चौबिसे गाउँपालिकाका अध्यक्ष र जिल्ला प्रहरी कार्यालयका प्रमुखको रोहबरमा जिल्ला प्रशासन कार्यालय धनकुटामा उक्त रकम हस्तान्तरण गरेको हो ।

हस्तान्तरण पछि गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले यस क्षतिपूर्तिले ‘राज्यले पनि गल्ति गरेपछि नागरिक प्रति उत्तरदायी हुनुपर्छ’ भन्ने कानूनी राज्यको प्रत्याभूति दिलाएको प्रतिक्रिया दिनुभयो ।

बि.सं.२०४८ सालमा जबरजस्ती करणीबाट जन्मिएकी शिसु हत्या कसुरमा गुरुङलाई धनकुटा जिल्ला अदालत र पुनराबेदनले २० बर्ष सजाय फैसला गरेपनि सर्बाेच्च अदालतले ५ बर्ष कैद तोकेको थियो ।

जस अनुरुप बि.सं.२०५३ साल पौसमा कैदमुक्त हुनुपर्ने उनलाई राज्यले २०५९ साल असारमा मात्र जेल मुक्त गरिएको थियो । यस बिषयलाई कानुन ब्यबसायी निरञ्जन उप्रेतीले उनको क्षतिपूर्तिको माग गर्दै राज्य बिरुद्ध सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिट उपर बि.सं.२०७४ सालमा सबोच्च अदालतले पिंडित गुरुङको पक्षमा फैसला सुनाएको थियो । तर क्षतिपूति सम्बिन्धि कानुनको अभाव भएकाले गृह मन्त्रालयको पहल र मन्त्री परिषदको निर्णयबाट उहाँलाई क्षतिपूर्ति दिलाउन सम्भव भएको मन्त्रालयकी शाखा अिधिकृत समिता पोखरेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।