धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
धनकुटा,९ मंसिर । धनकुचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ ।
जिल्ला सदरमुकाम धनकुटामा धनकुटा नगरपालिकाको आयोजनामा अभियान सुरु गरिएको हो ।
प्रविधिको सही प्रयोग गरौः लैङगिक हिंसा अन्त्य गरौ (Unite to End Digital Violence Against All Women And Girls) भन्ने नाराका साथ सम्पन्न कार्यक्रमको धनकुटा नपाका उपप्रमुख भिमादेवी खनालले अध्यक्षता गरेका थिए भने अभियानको उद्घाटन धनकुटा नपारा प्रमुख चिन्तन तामाङले गरेका थिए ।
कार्यक्रममा महिला पुनर्स्थापना सेवा केन्द्रका अध्यक्ष जया राई, उच्च सरकारी वकिल कार्यालयका प्रमुख श्शारदा राई, धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडका, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई तथा धनकुटा नपाका प्रमुख तामाङ लगायतले समसामयिक विषयहरूमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विज्ञ नुषराज श्रेष्ठले लैङगिक हिंसा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा धनकुटा नपाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरू, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्री, छिन्ताङ गुल्मका गुल्मपति सशस्त्र प्रहरी बल नायब उपरीक्षक प्रेम सिग्देल, शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका प्रमुख, महिला प्रहरी सेल प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख, सार्वजनिक सेवा प्रसारण नेपाल, उद्योग वाणिज्य संघ, गैरसरकारी महासंघ, अन्तरपार्टि महिला संजाल, हुसाडेक नेपाल, सल्भ नेपाल, ज्येष्ठ नागरिक नगर तथा जिल्ला संघ, कृषि पर्यटनमा महिला अभियान, महिला मानव अधिकार रक्षक संजाल, लेडि जेसिस, पर्डेप नेपाल, पारालिगल सहयोग समिति, दलित महिला संघ, हाम्रो बहुमुखी पाठशाला, मानव अधिकारका लागि महिला एकल समूह, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, नमस्ते नेपाल, पुरुष सञ्जाल, नेपाल भाषा मिसा खल, आठपहरिया महिला समूह, ओरेन्ज सिटि महिला समुह, महिला वचत तथा सहकारी, प्रगतिशील टोल बस्ती, नेपाल तामाङ घेदुङ नगर समिति, माथिल्लो र तल्लो कोप्चे, सिरान, समावेशी, मोति, सिरान बजार टोल बस्ती संस्थाको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले राखेका थिए ।


