ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा लडेर मृत्यु भएकाे छ ।
स्थानीय बलबहादुर तवेवुङकाे मंगलबार मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।


