मानव सेवा र करुणाको प्रतिक: डा. शेखर राजभण्डारी र परिवारद्वारा बागलुङमा आश्रम निर्माणमा दश लाख सहयोग
काठमाडौ । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी सर तथा उहाँका दाजु–दिदीहरूले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि उदारतापूर्वक दश लाख रुपैयाँको सहयोग प्रदान गर्नुभएको छ।
उपलब्ध गराइएको सहयोग समाजसेवामा योगदान पुर्याउने प्रेरणादायी उदाहरणका रूपमा रहेको समाजका अगुवाहरूले बताएका छन्। यस सहयोगले स्थानीयस्तरमै मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
डा. राजभण्डारीको यस योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ।


