पाख्रिबासमा कार दुर्घटना,दुई जना घाइते

धनकुटा,११ मंसिर । धनकुटाको पाख्रिबासमा कार दुर्घटना हुंदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाको पाख्रिबास नगरपालिका ४ का ५३ बर्षिया जिवन श्रेष्ठ र उहांकी छोरी २३ बर्षिया जुनु श्रेष्ठ रहेका छन् ।

आज बिहान पाख्रिबास नगरपालिका ५ स्थित मांग्मायामा पाख्रिबासबाट भोजपुर तर्फ जांदै गरेको घाइतेद्वय सवार बा ५ च ३६८४ नम्बरको कार र भोजपुरबाट बिराटनगर तर्फ जांदै गरेको प्रदेश १-०२-००२ ख ०६०२ नम्बरको लोबेड ट्रक एक आपसमा ठोक्किइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।

दुर्घटनामा घाइते दुबैको उपचारका लागि न्यूरो अस्पताल विराटनगर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका-४ बयरवनका ३६ वर्षीय छत्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।