झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ

विराटनगर, मंसिर ११ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १० गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-१ का कुमार गौतम र मोरङ उर्लाबारी-८ की ललिता धिमाललाई ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

सोहि दिन वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर-५ स्थिबाट भारत मध्येपुरका नरेश पासवानलाई ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का प्रफुल्ल राजवंशीलाई ४ ग्राम सहित र अस्थायी प्रहरी पोष्ट बसपार्कले अर्जुनधारा- १ का प्रदिप घिमिरे र मेचिनगर-१५ का युवराज लिम्बुलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको दुहबी-१० स्थितबाट १० ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित भारतीय नागरिक मो. हैदर मिया, सिन्टु कुमार पासवान, सुमित कुमार पासवान र गौरव झालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी (सिमा), लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान-६ का कर्ण बहादुर भण्डारीलाई ०.४३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।