कोशीका औषधी व्यवसायीहरुद्वारा धर्ना
विराटनगर । औषधि ऐन २०३५ को संशोधनमा राखिएका केहि प्रावधान अव्यावहारिक भएको भन्दै त्यसको खारेजी हुनुपर्ने माग कोशीका औषधी व्यवसायीहरुले अगाडी सारेका छन् ।
उनीहरुले अन्यायपूर्ण र व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने मागसहित औषधी व्यवस्थापन विभाग विराटनगर कार्यालयमा बिहीबार धर्ना दिइरहेका छन् ।


