सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजा सहित एक युवक पक्राउ
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको इनरुवाबाट डेढ क्विन्टल बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले बिहीबार बिहान इनरुवा नगरपालिका–७ चाँदवेलाबाट एक क्विन्टल ५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।


