जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

सुनसरी, मंसिर ११ गते । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्री रहेका छन ।

घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन हुन सम्पूर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी अनुरोध गर्दछ साथै त्यस्ता सुचना उपलव्ध गराउनु हुने महानुभावहरुको नाम गोप्य राखिने समेत जानकारी गराईन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।