सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
काठमाडौ । इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला अदालतले थुनामा पठाएको आदेश बदर गर्दै उच्च अदालतले उनको उमेर, स्वास्थ्य अवस्था र उपलब्ध प्रमाणका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गरेको हो।
अदालतले महराको नाम मूल जाहेरीमा नपाएको र सह-अभियुक्तहरूले पनि पोल नगरेको भन्दै तारेखमै राख्न आदेश दिएको छ।


