धनकुटामा आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विदुर खवास, धनकुटा । आठौँ सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा धनकुटा नगरपालिकाले बिहिबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादनकत्वमा वृद्धि सहित नागरिकको जीवन रक्षा” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दशरथ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक विकास अधिकृत विकास अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कार्यक्रमका उद्देश्य, हालसम्मका उपलब्धि तथा सुधारका क्षेत्रबारे विस्तृत रूपमा व्याख्या गरेका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा नगरकी उपप्रमुख भिमा खनालसहित जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सुरक्षा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, स्वास्थ्य सेवामा पहुँच विस्तार, पेन्सन प्रणाली सुदृढीकरण तथा उत्पादनशील समाज निर्माणका विषयमा गहन छलफल गरेका थिए।

धनकुटा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा सहजता तथा समावेशी कार्यक्रममार्फत नागरिकको जीवनस्तर उकास्न निरन्तर कार्य गरिरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।